नवबिवाहित नायिका ऋचा घिमिरेको ब्रेक फेल भएको खबर छ । तर उनको सवारी साधनको ब्रेक फेल भएको भने होइन । अभिनेत्री ऋचाले नेपाली सिने क्षेत्रकै नयाा प्रयोग भन्दै एक हावादारी फिल्म बनाउने भएकी छिन्, जसको नाम छ ‘ब्रेक फेल’ ।
ऋचाका पति शंकर घिमिरेको निर्देशनमा बन्ने ब्रेकफेलको मंगलबार राजधानीमा शुभमुर्हूत गरियो । अधिवक्ता तथा सभासद् सपना मल्ल प्रधान र चलचित्र विकास बोर्डका ध्यक्ष अमर गिरीले संयुक्त रूपमा शुभसाइत गरेको यो फिल्मको सुटिङ फागुन अन्तिमबाट सुरु हुने बताइएको छ ।
वल्र्डवाइड मुभी मेकर्सको ब्यानरमा निर्माण हुने ब्रेकफेलले दर्शकलाई अत्यधिक दिने ऋचाले बताएकी छन् । अहिले बनिरहेका भन्दा बिल्कुलै भिन्न शैलीको फिल्म बनेको ऋचाको दावी छ । फिल्मा ऋचाका अलावा राजेश हमाल, सुनिता गन्धर्व, विमलेश अधिकारीले अभिनय गर्दै छन् । ब्रेकफेलमा सत्य र स्वरूप राज आचार्यको रहेको छ !


No comments:
Post a Comment
क्रीपय कमेन्ट गर्दा सभ्य भाषामा मात्र प्रयोग गरर्नु होला धन्यवाद!!!