You all are welcome to Illnepal.blogspot.com please leave your comments in Sagar.dahal1@gmail.com or contact us direct from contact form. please Don't forget to come back to this blog. Thanks!!!

भ्यालेन्टाइन र कलाकार




काठमाडौ, फाल्गुन ३ -आर्यन सिग्देल, अभिनेता
पर्दामा हेरेर मान्छेहरू आर्यन सिग्देलका धेरै गर्लफ्रेन्ड होलान् भन्ने ठान्छन् । वास्तवमा म पीडित मान्छे हुँ । भ्यालेन्टाइन्स डेको दिन म दिनभर घरैमा बसेँ । मुभीहरू हेरेँ । खासै रमाइलो भएन । अहिले (साँझ ५ बजेतिर) पनि म त कफी पकाइरहेको छु । आजसम्म कसैलाई भ्यालेन्टाइन गिफ्ट दिन 'नि पा'को छैन, लिने अवसर पनि जुरेको छैन ।
ऋचा घिमिरे, अभिनेत्री
फिल्ममा म एकदमै रोमान्टिक र चुलबुले देखिए पनि वास्तविक जीवनमा त्यस्तो क्षण विरलै भोगेकी छु । प्रेमका लागि लङ ड्राइभ जाने, रमाइलो गर्ने भन्ने त फिल्मी कुरा जस्तो मात्रै भइरहेको छ । शंकरजी बिहान ७ बजेतिरै काममा निस्कनुहुन्छ, म पनि १० बजेतिर अफिस (बानेश्वरस्थित वल्र्डवाइड मुभी मेकर) मा जान्छु । हाम्रो भेट त साँझ मात्रै पो हुन्छ भन्या । जे होस्, उहाँलाई एउटा गिफ्टचाहिँ किनिदिएँ । भ्यालेन्टाइन्स डेको दिन केही विशेष त भएन, तर आफ्नै करिअरको विशेष काम भने थालनी गरेँ । आजैदेखि -सोमबार) मैले क्लब ज्वाइन गरेँ । पहिले ५३ केजीकी थिएँ, मोटाएर ५९/६० केजीकी पो भएछु । खान कम खाएर बल्ल ५७ मा झारेँ । नयाँ फिल्म 'ब्रेक फेल' का लागि फेरि तौल ५३ केजीमा झार्नै पर्छ ।
राजबल्लभ कोइराला, अभिनेता
दिनभर घरैमा बसेँ । सन् २०१० का ओस्कार मनोनित केही फिल्महरू किनेको थिएँ, हेरेर दिन बिताएँ । भ्यालेन्टाइन्स डे खासै मनाइँदैन । प्रेमको कुरा हो, त्यो त हाम्रै संस्कृतिमा पनि त छ नि । हाम्रै हजुरबुबा-हजुरआमाले गर्ने प्रेम पनि अहिलेको भ्यालेन्टाइन शैलीको भन्दा कम थिएन होला । त्यही भएर भ्यालेन्टाइन नयाँ र विशेष लाग्दैन । नयाँ कामका बारेमा सोच्दै छु । चलचित्र 'स्वर' को प्रमोसनल काम सकाएर बसेको छु । भोलिबाटै (मंगलबार) 'मलाई मन पर्‍यो' को डबिङ हुँदै छ । शुक्रबारदेखि 'प्रीतिको फूल' को काममा लाग्नु छ ।
दिया मास्के, अभिनेत्री
मेरो भाग्य नै त्यस्तै हो कि, कहिले पनि मलाई भ्यालेन्टाइन्स डेको अनुभूति मिलेको छैन । कतैबाट प्रस्ताव पनि आएको छैन । आफैंले पनि कसैलाई राख्न सक्या छैन । जीवन यसरी नै चलिरहेको छ । भ्यालेटाइन्स डेको दिन पनि घरैमा बसेँ । किताब पढेँ । अरू केही पनि भएन । साभार: इकान्तिपुर

No comments:

Post a Comment

क्रीपय कमेन्ट गर्दा सभ्य भाषामा मात्र प्रयोग गरर्नु होला धन्यवाद!!!