You all are welcome to Illnepal.blogspot.com please leave your comments in Sagar.dahal1@gmail.com or contact us direct from contact form. please Don't forget to come back to this blog. Thanks!!!

रोकिएको पुनर्वासको कार्यक्रम सुचारू



पूनर्वासका लागि अमेरिका जाने क्रममा काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट हिजो फर्काइएका २६ जना भुटानी शरणार्थीलाई आज पुनः त्यसतर्फ लगिएको छ । अमेररिकाको ‘आन्तरीक सुरक्षासम्वन्धी नीतिमा पुनर्विचार गर्नुपर्ने’ कारण देखाउँदै अमेरिकाले झापा र मोरङको शिविरवाट आप्रवाससम्वन्धी अन्तराष्ट्रिय संगठन (आइओएम) मार्फत पुनर्वासका लागि लगेका ती शरणार्थीको हिजो एक्कासी उडान रोकेको थियो । हिजो नै शिविरवाट पुनर्वासकालागि काठमाण्डौतर्फ लैजाने क्रममा भद्रपुर विमान स्थलवाट १ सयजना शरणार्थी फिर्ता गरिएको थियो । फर्काइएका ती शरणार्थीलाईसमेत आज नै काठमाण्डौतर्फ लगिएको स्रोतले जनाएको छ ।

७० हजार शरणार्थीलाई आफ्नो देशमा पुनर्वास गराउने योजनाकासाथ सन् २००८ देखि अमेरिकाले आप्रवाससम्वन्धी अन्तर्राष्ट्रिय संस्था आइओएममार्फत पुनर्वासको कार्यक्रम सुरु गरेको थियो । सो कार्यक्रम अर्न्तगत हालसम्म अमेरिकामा मात्र ३५ हजारभन्दा बढि भुटानी शरणार्थी पुर्नवास भइसकेका छन् । अमेरिकासहित विभिन्न आठ मुलुकमा पुर्नवास हुने शरणार्थीको संख्या ४२ हजार १८४ नाघेको युएनएचसीआरले जानकारी दिएको छ ।

2 comments:

क्रीपय कमेन्ट गर्दा सभ्य भाषामा मात्र प्रयोग गरर्नु होला धन्यवाद!!!