पूर्व जानकारी बिना अमेरिकाले भुटानी शरणार्थी पुनर्वास प्रकृया अचानक रोकेपछि १ सय बढी शरणार्थीहरु आज भद्रपुर विमानस्थलबाट शिविर फिर्ता भएका छन् । सुरक्षा सम्वन्धी नीतिमा पुनरविचार गर्न भन्दै अमेरिकी सरकारले तत्कालका लागि भुटानी शरणार्थीसहित अन्य देशका शरणार्थीको पुनर्वास प्रकृया रोकेपछि पुनर्वासका लागि शिविर छाडेका बेलडाँगीका तीन शिविरका २१ परिवारका सय बढि शरणार्थी विमानस्थलबाट फर्किन वाध्य भएका हुन् ।
भूटानी शरणार्थी शिविरबाट पूनर्वास जान सवै लत्ता कपडा बेचेर छाप्रा भत्काइएको अवस्थामा बाहिरिएका शरणार्थीलाई शिविरमा पुनः फर्केर बस्न समस्या भएको छ । अमेरिकाको शरणार्थी सुरक्षा सम्बन्धी नीतिको कारणले शरणार्थीहरु रोकिएको यूएनएचसीआरका संचार विभाग प्रमुख प्रतिवेदन बैद्यले बताएका छन् । आज सात शरणार्थी शिविरबाट १ सय बढि संख्याका शरणार्थीहरु शिविरभित्रै फर्किएका छन् भने काठमाण्डौंबाट २६ जना शरणार्थी उडानबाट बन्चित बनेको विभागले जानकारी दिएको छ ।
यता भूटानी शरणार्थी शिविर बेलडाँगीमा भने शरणार्थीहरु शिविर फर्कने क्रममा गाडीबाट ओर्लिन समेत नमानेको शिविर सचिव डीवी सुव्वाले बताए । रोकिएका शरणार्थीलाई चाँडै उडानको व्यवस्था हुने यूएनएचसीआरले जानकारी दिएपनि काठमाण्डौस्थित अमेरिकी दुतावासले भने यसवारे अहिल्यै केही भन्न नसकिने जनाएको छ ।
फर्किएका शरणार्थीलाई शिविरमा आएर खान बस्न समस्या हुने शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
Listen Sarnarthi sandesh about this event.(यो समाचारको बारेमा सरनार्थी सन्देश सुन्नुहोस्!!!)
How do you feel to hear this news? please don't forget to drop your comment about this event.
it is very sorrowfull news,thnx for uploding this news ;;;;
ReplyDelete